अत्तरियाः ईलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले आफ्नो एक वर्षको कार्यकालमा उल्लेख्य सफलता हासिल गरेको छ। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दका अनुसार आर्थिक अपराध नियन्त्रण, लागुऔषध तस्करी र फरार प्रतिवादी पक्राउमा प्रहरीले कडा एक्सन लिएको हो।

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार भन्सार छली गरेर ल्याइएका रु १ करोड ७८ लाख ५७ हजार ८७० मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ। यसैगरी रु ८ लाख ९ हजारभन्दा बढीको अवैध काठ र गिट्टी–बालुवा उत्खनन गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याइएको डिएसपी चन्दले जानकारी दिनुभयो।
लागुऔषध र अवैध मदिरामा कडा निगरानी
लागुऔषध दुर्व्यसनी र तस्करी विरुद्ध आक्रामक बनेको मालाखेती प्रहरीले ३९ वटा मुद्धा दर्ता गरी ६२ जनालाई पक्राउ गरेको छ। सो अवधिमा ९ किलो १३९ ग्राम चरेस, १० ग्राम ३१४ मिलिग्राम हेरोइन र ६५० थान प्रतिबन्धित क्याप्सुल बरामद गरिएको छ। समाजमा अपराधको जड मानिएको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत १७७७ लिटर तयारी मदिरा र ६२०० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।

३३५ प्रतिवादी पक्राउ, फरारहरू फन्दामा
१ वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न कुल ३३५ जना (३१ महिला र ३०४ पुरुष) प्रतिवादीहरू पक्राउ परेका छन्। अदालतबाट सजाय तोकिएर फरार रहेका ३३८ जना मध्ये १०७ जना र कारागारबाट फरार ६७ जना मध्ये ३७ जनालाई प्रहरीले समातेर कानुनी दायरामा ल्याएको छ।

प्रहरीका अनुसार यस अवधिमा कुल ३१४ वटा मुद्धा दर्ता भएकोमा २४० वटा मुद्धा फछ्र्यौट भइसकेका छन् भने बाँकी मुद्धाहरू प्रक्रियामा रहेका छन्। डिएसपी चन्दले आगामी दिनमा शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई अझ मजबुत बनाइने प्रतिबद्धता जनाउनुभएको छ। डिएसपी चन्द मालाखेती ईप्रका बाट डोटी जिल्लामा सरुवा भएका छन ।