
युरोपको Romania बाट परिवारसहित नेपाल भ्रमणमा आएकी एक बालिकाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि माया मेट्रो हस्पिटल ल्याइएको थियो। अस्पतालमा गरिएको विशेषज्ञ परीक्षणका क्रममा बालिकामा एपेन्डिसाइटिस भएको पुष्टि भएपछि तत्काल उपचार र शल्यक्रिया गरिएको थियो।

अस्पतालका अनुसार बाल शल्य चिकित्सक Sulochana Dahal, नवजात शिशु तथा बालरोग विशेषज्ञ Mohan Saud, एनेस्थेसियोलजिस्ट Mohan Bhattarai र Lalit Dhami लगायतको टोलीको समन्वयमा सफल शल्यक्रिया सम्पन्न गरिएको हो। केही दिन अस्पतालमा उपचारपछि बालिका पूर्ण स्वास्थ्य लाभसहित मुस्कानका साथ डिस्चार्ज भएकी छन्।

उपचारपश्चात् परिवारले अस्पतालप्रति विश्वास र आभार व्यक्त गरेको जनाएको छ। अस्पतालले सुरक्षित, गुणस्तरीय र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
































