टीकापुर तालिममा बेहोस भएका सशस्त्र प्रशिक्षार्थीको स्वास्थ्यमा सुधार, सबैको होस खुल्यो

Image
Nisarga Hospital

कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका प्रशिक्षार्थीहरूको स्वास्थ्य अवस्थामा सुधार आएको छ। उपचारका लागि काठमाडौं ल्याइएका ६ जना प्रशिक्षार्थीको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ।

CP Hospital Dhangadhi

अस्पतालका अनुसार उनीहरूको उपचार निरन्तर रूपमा जारी रहेको छ भने उपचार प्रक्रियामा दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सक संलग्न छन्। स्वास्थ्य अवस्थाको नियमित निगरानी भइरहेको अस्पतालले जनाएको छ।

गत शुक्रबार टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा आठ जना प्रशिक्षार्थी अचानक बेहोस भएका थिए। तीमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

nawajiwan
Attariya Hospital

बेहोस हुने प्रशिक्षार्थीहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्।

यसैबीच पूर्वगृहमन्त्री सुधन गुरुङ तथा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल ले बलम्बुस्थित अस्पताल पुगेर उपचाररत प्रशिक्षार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।