
धनगढी–४ चटकपुरस्थित सोफान कलेजको क्याम्पस प्रमुखमा रामचन्द्र शाही नियुक्त भएका छन्। कलेज प्रशासनले आइतबार शाहीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो। लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहेका शाहीले यसअघि तनहुँको बेलचौतारास्थित नेपाल पुलिस स्कुलमा प्रिन्सिपलका रूपमा कार्यसम्पादन गरिसकेका छन्।

सोफान कलेज सुदूरपश्चिममा पहिलोपटक काठमाडौँ विश्वविद्यालयबाट बीआईटी र बीएसडब्लु कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्राप्त गर्ने कलेज हो। कलेजमा यी दुवै शैक्षिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै शाहीले कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी शिक्षण प्रणाली विकास, विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा अनुशासित र सकारात्मक शैक्षिक वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


उनले सोफान कलेजलाई गुणस्तरीय उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न सबै सरोकारवालाको सहकार्य र मार्गदर्शन आवश्यक रहेको बताए।
कलेजका सञ्चालक सफल युवा उद्यमी शैलेश कुमार सिंह हुन्, जो विगत दुई दशकदेखि सुदूरपश्चिममा शिक्षा तथा उद्यमशीलता क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
































