संसद्मा ‘तमासा’ शब्दलाई लिएर विवाद, रेकर्डबाट हटाउन माग

Image
Nisarga Hospital

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल को अभिव्यक्तिलाई लिएर नियमापत्ति भएको छ।

CP Hospital Dhangadhi

रमेश मल्ल ले खरेलले प्रतिपक्षको विरोधलाई ‘तमासा’ भनेको शब्द अपमानजनक र असंसदीय भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका हुन्। उनले संसद्मा विरोध जनाउने विपक्षीको अधिकारलाई सम्मान गर्नुपर्ने बताएका थिए।

Attariya Hospital

विपक्षी दलहरूको अवरोध र विरोधकाबीच सभामुख डोलप्रसाद अर्याल ले बैठकलाई निरन्तरता दिएका थिए। सो क्रममा प्रतिनिधिसभामा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अघि बढाइएको थियो।

nawajiwan

विधेयकमाथि धारणा राख्न रोष्ट्रम पुगेका सांसद खरेलले विपक्षीको विरोधलाई ‘तमासा’को संज्ञा दिएपछि संसद्मा विवाद उत्पन्न भएको हो। अब उक्त अभिव्यक्तिलाई संसदीय मर्यादाअनुसार कसरी सम्बोधन गरिन्छ भन्ने विषयमा चासो बढेको छ।