देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : कतै वर्षा, कतै गर्मी

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। यसको असरले गण्डकी प्रदेशसहित हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराईका धेरै भागमा मौसम मुख्यतया सफा देखिएको छ। गण्डकीका धेरै स्थान तथा कोशी र बागमतीका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी, बागमती र गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लाग्नेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा र तराईका केही भागमा हल्का वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो दिन रहने अनुमान गरिएको छ भने केही तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि छ।

Attariya Hospital

आज राति कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकीका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। साथै पहाडी र हिमाली भूभागमा हल्का वर्षाको सम्भावना कायमै रहनेछ।

nawajiwan