अत्तरिया बजारमा ‘बजरंगबली’ भक्त युवाद्वारा निःशुल्क सर्वतपानी वितरण

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरिया बजारमा स्थानीय युवाहरूले भगवान् हनुमानप्रतिको श्रद्धा, भक्तिभाव तथा सामाजिक सेवाको भावनालाई आत्मसात गर्दै मंगलबार निःशुल्क चिसो सर्वतपानी वितरण गरेका छन् ।

CP Hospital Dhangadhi

‘बजरंगबली’ भक्त युवाहरूको सक्रियतामा सञ्चालन गरिएको उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ । बढ्दो गर्मीका कारण बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई राहत पुगोस् भन्ने उद्देश्यले सर्वतपानी वितरण गरिएको आयोजकहरूले बताएका छन् ।

सर्वतपानी वितरणमा सक्रिय युवा पुष्प अधिकारी ले मंगलबारलाई भगवान् हनुमानको विशेष दिनका रूपमा श्रद्धा र उत्साहपूर्वक मनाउँदै प्रसादस्वरूप सर्वतपानी वितरण गरिएको बताए । उनले गर्मीका कारण दैनिक जीवन प्रभावित भइरहेका बेला यात्रु, मजदुर, व्यवसायी तथा सर्वसाधारणलाई केही राहत मिल्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

nawajiwan
Attariya Hospital

कार्यक्रम समाजसेवी स्थानीय युवा दुर्गा प्रसाद अधिकारी को सहयोगमा सञ्चालन गरिएको हो । धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोडेर गरिएको यस कार्यले बजार क्षेत्रमा सकारात्मक सन्देश फैलाएको स्थानीयवासीहरूको भनाइ छ ।

अत्यधिक गर्मीका बीच चिसो सर्वतपानी पाएपछि सर्वसाधारणले आयोजक युवाहरूको प्रशंसा गर्दै यस्ता मानवीय तथा सामाजिक कार्यले समाजमा सद्भाव र सहयोगको भावना अझ मजबुत बन्ने बताएका छन् ।