गोदावरी -६, लालपुरको नवदुर्गाआधारभूत विद्यालयको ३ कोठे भवनको उद्घाटन, शिक्षामा नयाँ आशाको किरण

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–६, लालपुरस्थित नवदुर्गा आधारभूत विद्यालयमा निर्माण गरिएको ३ कोठे प्रशासकीय भवनको औपचारिक उद्घाटन गरिएको छ । साथै २ कोठे शौचालय तथा फर्निचर सहयोग कार्यक्रम पनि सोही अवसरमा सम्पन्न भएको हो । विद्यालयको पूर्वाधार विकासका लागि स्थानीय सरकार र अन्तर्राष्ट्रिय साझेदार संस्थाबीचको सहकार्यले विद्यालय समुदायमा उत्साह र आशा थपिएको छ ।

CP Hospital Dhangadhi

Attariya Hospital

oplus_0

उद्घाटन कार्यक्रम गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट द्वारा सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शिक्षाका लागि सशक्त शैक्षिक पूर्वाधार अनिवार्य रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।
नगर प्रमुख भट्टले यस्ता सहकार्यमा आधारित विकास परियोजनाले स्थानीय समुदायको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । भवन निर्माण Build on Nepal र गोदावरी नगरपालिकाको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो ।

nawajiwan

उद्घाटन अवसरमा उनले भने, “गोदावरी नगरपालिकाको शिक्षा सुधार यात्रामा यो अर्को महत्वपूर्ण उपलब्धि हो । हामी प्रत्येक बस्तीमा शिक्षा, स्वास्थ्य र आधारभूत सुविधाको समान पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ । समुदायको सक्रिय सहभागिता र उत्साह प्रशंसनीय छ ।”

oplus_0

विद्यालयमा नयाँ संरचना निर्माण भएपछि शैक्षिक वातावरण अझ व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री हुने अपेक्षा गरिएको छ ।