६० दिनमा बालेन सरकारको रिपोर्ट कार्ड, ५७ मध्ये १५ काम मात्रै सम्पन्न, अधिकांश योजना अझै प्रक्रियामै

Image
Nisarga Hospital

गत चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले दुई महिना पूरा गरेको छ । सरकार गठनसँगै सार्वजनिक गरिएको सय बुँदे कार्यसूचीलाई आधार मान्दा अपेक्षाअनुसार उपलब्धि हासिल हुन सकेको देखिएको छैन ।

CP Hospital Dhangadhi

सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट सुशासन, प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, भ्रष्टाचार नियन्त्रण, आर्थिक अनुशासन तथा शिक्षा–स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै २४ घण्टादेखि १ हजार दिनसम्मका कार्ययोजना अघि सारेको थियो । सरकारको दाबी थियो— सेवा प्रवाहलाई छिटो, पारदर्शी र परिणाममुखी बनाइनेछ ।

Attariya Hospital

तर, ६० दिनको अवधिमा सम्पन्न हुनुपर्ने ५७ काममध्ये जम्मा १५ वटा मात्रै पूरा भएका छन् । तीमध्ये तीन काम तोकिएको समयमै सम्पन्न भए भने १२ वटा केही ढिला गरी कार्यान्वयनमा आएका हुन् । बाँकी ४२ योजना अझै प्रक्रियामै रहेको सरकारी तथ्यांकले देखाएको छ ।

nawajiwan

सरकारले केही क्षेत्रमा सक्रियता देखाए पनि अधिकांश महत्त्वपूर्ण योजनाको कार्यान्वयन सुस्त देखिएको भन्दै आलोचना बढ्न थालेको छ । सय बुँदे योजनालाई उपलब्धिमूलक बनाउने चुनौती अब सरकारसामु थप गम्भीर बनेको छ ।