बझाङमा विपद् व्यवस्थापनको डेमो प्रदर्शन ः “सचेतना, सहकार्य र साहसले मात्र जोगिन्छ जीवन”

Image
Nisarga Hospital

डीवि विष्ट /बझाङ: बाढी, पहिरो र भूकम्पको उच्च जोखिममा रहेको बझाङ जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी सचेतना फैलाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजनामा सेती नदी किनारस्थित श्री शम्शेर गुल्म नजिकै बृहत् खोज तथा उद्धार डेमो प्रदर्शन सम्पन्न गरिएको छ । कार्यक्रममा बाढी तथा पहिरोको समयमा कसरी तत्काल उद्धार गर्ने, जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्ने, सीमित स्रोत साधनको प्रयोग गरेर समेत कसरी जीवन बचाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक अभ्यास प्रस्तुत गरिएको हो ।

CP Hospital Dhangadhi

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले वास्तविक विपद्को अवस्थालाई झल्काउने गरी जोखिमपूर्ण उद्धार अभ्यास प्रदर्शन गरेका थिए । डेमो प्रदर्शन हेर्न स्थानीय बासिन्दा, जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार तथा प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो ।

nawajiwan

जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले बझाङ जिल्ला बाढी, पहिरो र भूकम्पको उच्च जोखिममा रहेको उल्लेख गर्दै विपद्को समयमा तीनवटै सुरक्षा निकायले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको जिउधन जोगाउन खेलेको भूमिका प्रशंसनीय योग्य रहेको बताए । उनले भने,यो डेमोले हामीलाई ठूलो पाठ सिकाएको छ । विपद् पर्दा सबैले आ–आफ्नो जिम्मेवारी बुझेर सहकार्य गर्नुपर्छ । सीमित स्रोत साधनमा पनि सुरक्षा निकायहरूले गरिरहेको काम अत्यन्त प्रशंसनीय रहेको बताए । यसमा नगरपालिकाले पनि विपद् न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहराले विपद्को समयमा एकद्वार प्रणालीमार्फत काम गर्नुपर्नेमा जोड दिए । उनले खोला, नाला तथा पहिरो सम्बन्धी गरिएको डेमो निकै प्रभावकारी रहेको उल्लेख गर्दै सिकेका सीप व्यवहारमा लागू गर्न र अरूलाई समेत सिकाउन आवश्यक रहेको बताए । साथै बोहराले बझाङका लागी यो डेमो निकै ब्यावहारीक रहेको बताए । उनले बझाङका धेरै ठाउँहरुका नागरिकहरु खोला , नदि किनारमा बुसोबास गर्ने गरेका कारण र भिरालो ठाउँमा नै बस्ति भएका कारण यो डेमोले ठुलो पाठ सिकाएको बताए । यस्ता डेमो ठूलो जनमानसमा र ग्रामिण स्तरमा सञ्चालन गर्न सकिए अझ प्रभावकारी हुने बताए । उनले, डेमोमा प्रयोग गरिएका केहि सामग्रीहरू स्थानीय स्तरमै उपलब्ध हुने भएकाले तिनको प्रयोग गरेर पनि धेरै जनाको ज्यान बचाउन सकिन्ने पाठ डेमोले देखाएको बताए ।

बझाङ जिल्लामा विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले नेपालमा हरेक वर्ष सयौं विपद्का घटना हुने र अर्बौंको क्षति हुने तथ्य प्रस्तुत गर्दै समुदायस्तरमै विपद् व्यवस्थापन प्रणाली बलियो बनाउनुपर्ने बताए । उनले पूर्वसूचनालाई बेवास्ता गर्दा धेरै मानिस अनाहकमा जोखिममा पर्ने गरेको उल्लेख गरे । विपद् आउनुअघि प्राप्त हुने सूचनालाई गम्भीरतापूर्वक लिनुपर्ने र सही सूचना प्रवाह गर्न सके धेरै जनाको ज्यान जोगाउन सकिने बताए । उनले भने, विपद्को समयमा सबैभन्दा बढी जोखिममा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्ति रहने भएकाले उनीहरूको उद्धार र संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता डेमोमार्फत स्पष्ट गरिएको जानकारी दिए ।

Attariya Hospital

“फालिएका सामग्रीबाट पनि तत्काल उद्धार सम्भव”
कार्यक्रममा सहभागी समाजसेवी तथा पत्रकार रमेश केसीले डेमो प्रदर्शनबाट स्थानीय नागरिकहरूले ठूलो पाठ सिकेको बताए । उनले गाउँघरमै प्रयोग गरेर फालिएका ड्रम, डोरी, बाँस, प्लास्टिकका सामग्री लगायतको प्रयोगबाट समेत तत्काल उद्धार गर्न सकिने ज्ञान यहाँका नागरिकहरुले प्राप्त भएको बताए । “विपद् पर्दा धेरै मानिस आत्तिएर अकालमै ज्यान गुमाउँछन् । उनले भने, यस्तो अवस्थामा कसरी संयमित भएर आफू बच्ने र अरूलाई बचाउने भन्ने कुरा डेमोबाट सिक्न पाइएको बताए । उनले सही सूचना प्रवाह, समयमै सतर्कता अपनाउने बानी र समुदायस्तरको सहकार्य नै विपद् न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गरे ।
स्थानीय सरकार र समुदायको भूमिका महत्त्वपूर्ण

कार्यक्रममा श्री शम्शेर गुल्मका सेनानी निर्मल कुमार खड्काले डेमो प्रदर्शनमा सक्रिय सहभागिता जनाउने सुरक्षा निकाय, कार्यालय प्रमुख तथा स्थानीय बासिन्दालाई धन्यवाद ज्ञापन गर्दै विपद् सचेतना अभियानलाई विद्यालयदेखि समुदायसम्म विस्तार गरिरहेको बताए । उनले बझाङजस्ता विकट तथा दुर्गम जिल्लामा विपद्बाट जोगिन स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।

सचेतना नै जीवन बचाउने सबैभन्दा ठूलो उपाय
डेमो प्रदर्शनले विपद् आउनुअघि सतर्कता अपनाउने, पूर्वसूचना सुन्ने, अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्ने, उद्धारका आधारभूत सीप सिक्ने र समुदायस्तरमा सहकार्य गर्ने संस्कार विकास गर्नुपर्ने सन्देश दिएको श्री शम्शेर गुल्मका सेनानी निर्मल कुमार खड्काले बताए ।

साथै उनले विपदको समयमा आत्तिन नहुने,सुरक्षित स्थानतर्फ तत्काल जानुपर्ने,बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई प्राथमिकता दिनुपर्नेकुरालाई डेमो मार्फत देखाएको बताए । यस्तै स्थानीय तह तथा सुरक्षा निकायको निर्देशनको पालना गर्नुपर्ने र विपद् सामग्रीको आधारभूत तयारी प्रत्येक घरमा हुनुपर्ने बताए ।

बझाङमा सम्पन्न यो डेमो प्रदर्शन केवल अभ्यासमा सीमित नभई नागरिकलाई जीवनरक्षा सम्बन्धी व्यावहारिक शिक्षा दिने प्रभावकारी अभियानका रूपमा स्थापित भएको कार्यक्रममा सहभागीहरूले प्रतिकृया दिएका छन् ।