‘सिन्दुरे जात्रा’ छायांकनमा दुर्घटना, अभिनेता विजय बरालको हात भाँचियो

Image
Nisarga Hospital

फिल्म ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएका छन्। घोडचढी दृश्य खिच्ने क्रममा खसेर लड्दा उनको दाहिने हात भाँचिएको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

पर्वतको कुस्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा गतसाता भएको छायांकनका क्रममा दुर्घटना भएको हो। घाइते भएपछि उनलाई तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

Attariya Hospital

मुख्य कलाकार नै घाइते भएपछि निर्माण टोलीले छायांकन स्थगित गर्दै काठमाडौं फर्किने तयारी गरेको छ। निर्देशक पौडेलका अनुसार विजय बरालले स्वास्थ्य लाभ गरेपछि मात्र असार मध्यपछि बाँकी छायांकन पुनः सुरु गरिनेछ। हालसम्म फिल्मको करिब ५० प्रतिशत छायांकन पूरा भइसकेको छ।

nawajiwan

सारङ्गी फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा छन्। चलचित्रको छायांकन रोकिँदा निर्माण कार्य प्रभावित भएको छ।