३०औँ वार्षिकोत्सवमा साना किसान सहकारी मालाखेतीको गौरवपूर्ण यात्रा : १८ उत्कृष्ट सदस्य सम्मानित

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीले आफ्नो ३०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। आइतबार आयोजित विशेष समारोहका बीच सहकारीले तीन दशकको सफल यात्रा, सदस्यको योगदान तथा सामाजिक उत्तरदायित्वका गतिविधिहरूको समीक्षा गर्दै वार्षिकोत्सव मनाएको हो।

oplus_0

CP Hospital Dhangadhi

संस्थाका अध्यक्ष बलबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए। साथै सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष तथा केन्द्रीय संघका सदस्य धर्मसिंह कुँवर, वडा नं. ३ का वडा अध्यक्ष तथा सहकारीका पूर्व सञ्चालक समिति अध्यक्ष चेतराज अवस्थीलगायत विभिन्न क्षेत्रका व्यक्तित्व, सेयर सदस्य तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

हाल संस्थामा ८७२ वटा समूह आबद्ध रहेका छन् भने ७ हजार ५७ जना सेयर सदस्यमध्ये ५ हजार ९३२ जना महिला रहेका छन्। कुल सदस्यमध्ये ८० प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहनु संस्थाको प्रमुख विशेषता मानिएको छ।

nawajiwan

oplus_0

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले यस सहकारी संस्थाको ३० औँ वार्षिकोत्सव समारोहमा केक काटेर समुद्घाटन गरेका थिए। सो अवसरमा बोल्दै उनले सहकारीले विशेषगरी महिला तथा ग्रामीण समुदायको आर्थिक, सामाजिक र पारिवारिक जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले सहकारीमार्फत आयआर्जन, स्वरोजगार तथा कृषि उत्पादन वृद्धि गर्न उल्लेखनीय योगदान पुगेको उल्लेख गरे।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीले विगत ३० वर्षदेखि ग्रामीण समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। उनले सहकारीले विशेषगरी महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन, बचत तथा लगानीको संस्कार विकास गर्न र कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको उल्लेख गरे।

oplus_0

“सहकारी केवल वित्तीय कारोबार गर्ने संस्था मात्र होइन, यो समुदायको समृद्धिको आधारस्तम्भ हो,” नगर प्रमुख भट्टले भने, “साना किसान सहकारीले महिला सशक्तीकरण, कृषि आधुनिकीकरण, स्वरोजगार सिर्जना र विपन्न वर्गको जीवनस्तर उकास्न गरेको योगदान प्रशंसनीय छ।”

Attariya Hospital

उनले सहकारीमार्फत सञ्चालित सहुलियत कर्जा, सीप विकास, सुरक्षित आमा कार्यक्रम, ज्येष्ठ नागरिक प्रोत्साहन तथा कृषि अनुदानजस्ता कार्यक्रमले स्थानीय नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए। आगामी दिनमा पनि नगरपालिकाले सहकारी क्षेत्रको विकास र उत्पादनमुखी कार्यक्रमलाई आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै आगामी वर्षका लागि बजेटको पूर्व सन्ध्यामा हुँदै गर्दा यस पालिका भित्र रहेका कृषक हरुलाई बीउ बिजन तथा मल खाद के कसरी सहज रूपमा उपलब्ध गराउन सकिन्छ सहकारी संग छलफल पछि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

हाल संस्थामा ८७२ वटा समूह आबद्ध रहेका छन् भने ७ हजार ५७ जना सेयर सदस्यमध्ये ५ हजार ९३२ जना महिला रहेका छन्। कुल सदस्यमध्ये ८० प्रतिशतभन्दा बढी महिलाको सहभागिता रहनु संस्थाको प्रमुख विशेषता मानिएको छ।

सहकारीले ग्रामीण क्षेत्रमा रहेका विपन्न वर्गको आयस्तर अभिवृद्धि, सीप तथा क्षमता विकास, सुरक्षित आमा कार्यक्रम, ज्येष्ठ नागरिक प्रोत्साहन भत्ता, कृषि आत्मनिर्भरताका लागि सहुलियत कर्जा, ५० प्रतिशत अनुदानमा बाख्रा वितरण, बीउबिजन तथा मलखाद उपलब्ध गराउनेलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

oplus_0
oplus_0

वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने १८ जना सेयर सदस्यलाई सम्मान गरिएको थियो। बचत योजनामा उल्लेखनीय योगदान पुर्‍याउने सदस्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने उत्कृष्ट समूह, व्यवसायी, बचतकर्ता तथा लघुउद्यम कर्जा उपयोगकर्तालाई नगदसहित सम्मान गरिएको थियो।

तीन दशकको यात्रामा सदस्य केन्द्रित सेवा, महिला सशक्तीकरण र कृषि विकासलाई प्राथमिकतामा राख्दै आएको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेती आगामी दिनमा पनि समुदायको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासहित अघि बढिरहेको छ।