आज प्रदेशसभामा सुदूरपश्चिमको नयाँ नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख नजिर मियाँ ले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ।

CP Hospital Dhangadhi

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम अनुमोदन गर्नुका साथै ‘दोस्रो पञ्चवर्षीय योजना’ को मस्यौदालाई पनि स्वीकृत गर्दै आजदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। प्रदेश नीति तथा योजना आयोगले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, संविधान, सङ्घीय सरकारको १६औँ योजना तथा विभिन्न सरोकारवालाको सुझावका आधारमा योजना तयार पारेको जनाएको छ।

Attariya Hospital

‘समुन्नत, सुन्दर सुदूरपश्चिम’ भन्ने दीर्घकालीन सोचसहित ल्याइएको योजनाले प्रदेशवासीको जीवनस्तर उकास्ने लक्ष्य राखेको छ। उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राखिएको छ। साथै कृषि, पर्यटन, उद्योग, सेवा क्षेत्र, ऊर्जा, यातायात, खानेपानी, डिजिटल पूर्वाधार, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणलाई विशेष महत्त्व दिइएको छ।

nawajiwan