अत्तरिया उद्योग वाणिज्य संघको व्यवसायी भेला आह्वान, संस्थागत विवादबारे छलफल हुने

Image
Nisarga Hospital

कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले संघमा आबद्ध उद्योगी तथा व्यवसायीहरूको भेला आह्वान गरेको छ। संघले जेठ २३ गते शनिबार बिहान १० बजे संस्थाको प्रांगणमा भेला आयोजना गर्ने जनाएको हो।

CP Hospital Dhangadhi

संघका अनुसार संस्थासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरी आवश्यक निकास खोज्नुपर्ने भएकाले सबै उद्योगी तथा व्यवसायीलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

अत्तरिया उद्योग वाणिज्य संघले २०८० साल पुस २२ गतेदेखि प्रादेशिक महोत्सव आयोजना गरेको थियो। महोत्सवका क्रममा नक्कली टिकट ठेली बरामद भएपछि संस्थाभित्र विवाद चर्किएको थियो।

nawajiwan
Attariya Hospital

उक्त विवादपछि यस क्षेत्रका व्यवसायीहरूको साझा संस्था मानिने अत्तरिया उद्योग वाणिज्य संघको गतिविधि प्रभावित हुँदै आएको छ। संस्थागत अन्योल र विवाद समाधानका लागि आह्वान गरिएको यो भेलालाई व्यवसायीहरूले चासोका साथ हेरेका छन्।