लेबनानमा इजरायली आक्रमण तीव्र, इरान–अमेरिका वार्ता स्थगित

Image
Nisarga Hospital

मध्यपूर्वमा तनाव थप चुलिएको छ। लेबनानमा इजरायलले युद्धविराम उल्लङ्घन गर्दै आक्रमण तीव्र बनाएपछि इरानले अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता तथा प्रस्ताव आदानप्रदान प्रक्रिया स्थगित गरेको जनाएको छ। इरानले गाजा र लेबनानमा इजरायली सैन्य अभियान तत्काल बन्द नभएसम्म कुनै पनि वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ।

CP Hospital Dhangadhi

इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले एक क्षेत्रमा भएको युद्धविराम उल्लङ्घनलाई सम्पूर्ण मोर्चामा भएको उल्लङ्घनसरह मानिने बताएका छन्। संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले पनि अमेरिकाले इजरायललाई समर्थन गर्दै युद्धविरामको भावना विपरीत काम गरेको आरोप लगाएका छन्।

इरानी विदेश मन्त्रालयका अनुसार अमेरिकाबाट आएका नयाँ तथा विरोधाभासी मागका कारण शान्ति वार्ता अवरुद्ध भएको हो। अप्रिलमा युद्धविराम भएपछि पाकिस्तानको इस्लामावादमा भएको वार्ताबाट पनि कुनै ठोस सहमति हुन सकेको थिएन।

nawajiwan
Attariya Hospital

यसबीच इजरायलले दक्षिणी लेबनानको रणनीतिक महत्व बोकेको ब्यूफोर्ट रिज नियन्त्रणमा लिएको दाबी गरेको छ। यो क्षेत्र युद्धविरामपछि कायम गरिएको सुरक्षा घेराभन्दा बाहिर पर्छ। इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ भने दक्षिणी लेबनानको लितानी नदी आसपासको क्षेत्रलाई सैन्य नियन्त्रणमा राख्ने घोषणा गरेको छ।

इजरायलको पछिल्लो कदमको अरब मुलुकहरूका साथै फ्रान्स, जर्मनी र बेलायतले समेत आलोचना गरेका छन्। यस घटनाक्रमले मध्यपूर्वमा शान्ति प्रयास थप जटिल बन्ने संकेत दिएको छ।