मध्यपूर्वमा युद्धको तनाव : इरान–अमेरिका टकरावपछि कुवेत–बहराइनमा मिसाइल आक्रमण

Image
Nisarga Hospital

मध्यपूर्वमा तनाव चरममा पुगेको छ। इरानले आफ्ना छिमेकी मुलुक कुवेत र बहराइनलाई लक्षित गर्दै भीषण मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। आक्रमणपछि दुवै देशमा सुरक्षा सतर्कता उच्च पारिएको छ भने नागरिकहरूमा त्रास फैलिएको छ।

CP Hospital Dhangadhi

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले अमेरिकी सैन्य कारबाहीको जवाफस्वरूप आक्रमण गरिएको दाबी गरेको छ। कुवेती सेनाका अनुसार प्रहार गरिएका मिसाइल र ड्रोनलाई देशको बलियो हवाई रक्षा प्रणालीले बीचमै नष्ट गरेको छ। कुवेतले नागरिकलाई सतर्क रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार कुवेततर्फ प्रक्षेपित दुई मिसाइल लक्ष्यमा नपुग्दै नष्ट भएका थिए। यस्तै बहराइनमा तीन मिसाइल प्रहार भए पनि अमेरिकी र बहराइनी हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरेको बताइएको छ। बहराइनले चेतावनी साइरन बजाउँदै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

nawajiwan
Attariya Hospital

यसैबीच, अमेरिकी सेनाले आत्मरक्षाका रूपमा इरानको केशम टापुस्थित सैन्य नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरेको दाबी गरेको छ। उक्त आक्रमणमा आफ्ना कुनै पनि सैनिक वा अधिकारीलाई क्षति नभएको बताइएको छ।

कुवेत र बहराइनले इरानको कदमलाई क्षेत्रीय शान्ति र सार्वभौमिकतामाथिको गम्भीर खतरा भन्दै कडा निन्दा गरेका छन्। परिस्थितिले मध्यपूर्वलाई अझ अस्थिर बनाएको छ।