अपाङ्ग अधिकार सशक्त बनाउन सुदूरपश्चिम अपाङ्ग महासंघमा नयाँ नेतृत्व

Image
Nisarga Hospital

धनगढीमा सम्पन्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिको अधिवेशनले नन्दराज भट्टको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अध्यक्षमा निर्विरोध चयन भएका भट्टले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र समावेशी विकासका लागि संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।

CP Hospital Dhangadhi

उपाध्यक्षमा निर्मला विष्ट, सचिवमा प्रेम बोहरा, सहसचिवमा रामप्रसाद जोशी र कोषाध्यक्षमा चेतराज भट्ट चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कमलसिंह धामी, शान्ति मल्ल, विष्णुरूपा आचार्य, नरेन्द्र विष्ट, गौरीशंकर चौधरी, मीना खत्री, दुर्गाकुमारी थापा र अंकित जोशी निर्विरोध चयन भएका छन्।

Attariya Hospital

निर्वाचन अधिकृत गम्भीरसिंह ऐरका अनुसार सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष रमेशकुमार बस्नेत र केन्द्रीय सदस्य अर्जुन रावलको उपस्थिति रहेको थियो।

nawajiwan

नवनिर्वाचित अध्यक्ष भट्टले प्रदेशमा करिब ७० हजार अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा पहुँच विस्तार गर्ने बताए। उनले अपाङ्गमैत्री नीति निर्माण र प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग निरन्तर वकालत गर्ने प्रतिबद्धता व्यक्त गर्दै समावेशी समाज निर्माणमा जोड दिए।