लुम्बिनी प्रदेशमा पाँच नयाँ मन्त्रीको शपथ, मन्त्रालयसमेत तोकियो

Image
Nisarga Hospital

लुम्बिनी प्रदेश सरकारमा पाँच नयाँ मन्त्री थपिएका छन्। सोमबार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले उनीहरूलाई शपथ गराएका हुन्।

CP Hospital Dhangadhi

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनालाई मन्त्री नियुक्त गरेका हुन्। नियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन्।

Attariya Hospital

मन्त्रालयगत जिम्मेवारीअनुसार तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्नेछन् भने डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्। रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

nawajiwan

यस्तै रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने भण्डारीलाल अहिरले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।