जीवन बचाउने अभियानमा जेसीजको सक्रियतामा अत्तरियामा ७१ पिन्ट रगत संकलन

Image
Nisarga Hospital

“रक्तदान जीवनदान हो, मानवताको सेवा नै सर्वोत्तम कार्य हो” भन्ने मूल नारासहित अत्तरिया जेसीजले अत्तरिया बसपार्कमा भव्य रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मानवीय सेवाको उद्देश्यसहित आयोजित कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको अत्तरिया जेसीजका अध्यक्ष बम बहादुर बोगटीले जानकारी दिए।

CP Hospital Dhangadhi

अस्पतालहरूमा देखिँदै आएको रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा स्थानीय रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। अध्यक्ष बोगटीले एक पिन्ट रगतले पनि मानव जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय कार्यको रूपमा लिनुपर्ने बताए। उनले यस्ता कार्यक्रम वर्षमा ५ देखि ७ पटकसम्म गर्न सके अझ प्रभावकारी हुने धारणा पनि राखे।

उनका अनुसार रक्तदान अभियानलाई अझ बृहत् र प्रभावकारी बनाउन आगामी दिनमा विभिन्न निकायसँग समन्वय गरिनेछ। कार्यक्रममा रक्तदाताहरूलाई फलफूल वितरण गर्दै सम्मानसमेत गरिएको थियो।

nawajiwan
Attariya Hospital

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका पूर्व अध्यक्षहरू गिरिराज कडायत र कमल कडायतको उपस्थिति रहेको थियो। साथै, स्थानीय व्यापारी, सञ्चारकर्मी, बुद्धिजीवी, इलाका प्रहरी कार्यालय मालाखेतीको टोली तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले समेत रक्तदान गरेका थिए।

अध्यक्ष बोगटीले सम्पूर्ण रक्तदाता, सहयोगी निकाय तथा सहभागीप्रति आभार व्यक्त गर्दै यस अभियानले समाजमा मानवीय सेवा भावनालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।