डोटीको जोरायल गाउँपालिकाले ल्यायो ६४ करोड, ४१ लाख, ७० हजारको बजेट

Image
Nisarga Hospital

 डोटी: डोटीको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २३ औं अधिवेशनको पहिलो बैठकमार्फत कूल रु. ६४ करोड, ४१ लाख, ७० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो । जोरायल गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहराले उक्त बजेट बुधबार गाउँसभा समक्ष पेश गरेकी हुन् ।

CP Hospital Dhangadhi

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको सभाअध्यक्षतामा आयोजित गाउँसभाको २३ औं अधिवेशनको पहिलो बैठकमा जोरायल गाउँपालिकाको आर्थिक विधेयक, २०८३, जोरायल गाउँपालिकाको विनियोजन विधेयक, २०८३, आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, न्यायिक समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन र राजश्व परामर्श समितिको आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन पनि पेश गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ अधिवेशनको दोश्रो बैठक भोलि असार ११ गते बिहान ८ बजेका लागि बोलाईएको छ ।

nawajiwan
Attariya Hospital

जोरायल गाउँपालिकाको अनुमानित आय तथा व्यय हेर्नुहोस् –

May be an image of text

May be an image of dais, temple and textMay be an image of one or more people, people studying and text