इराकमाथि ५–० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना कायम

Image
Nisarga Hospital

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकलाई ५–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ। टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा सेनेगलले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै एकतर्फी जित दर्ता गर्यो।

CP Hospital Dhangadhi

सेनेगलका हबिब डियाराले चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफमा इस्माइला सारले ५६औँ मिनेटमा गोल थपे भने पापे गुएले ५९औँ र ७१औँ मिनेटमा लगातार दुई गोल गरे। ८२औँ मिनेटमा इलमान न्डियाएले गोल गर्दै सेनेगलको जित ५–० मा पुर्‍याए।

Attariya Hospital

इराकका रेबिन सुलाकाले १३औँ मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि इराकले खेलमा फर्कने अवसर बनाउन सकेन।

nawajiwan

यस जितसँगै सेनेगलले तीन खेलबाट ३ अंक जोड्दै समूह ‘आई’ मा तेस्रो स्थान हासिल गरेको छ। यद्यपि, उत्कृष्ट तेस्रो स्थानका टोलीमध्ये नकआउट चरणमा पुग्न उसले अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ। यस समूहबाट फ्रान्स ९ अंकसहित विजेता र नर्वे ६ अंकसहित उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।