आइतबार सूर्यदेवको पूजा गर्दा मिल्ने धार्मिक लाभ, यस्तो छ पूजा विधि

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रअनुसार साताको प्रत्येक दिन कुनै न कुनै देवी–देवताको आराधनाका लागि समर्पित मानिन्छ। आइतबार विशेष रूपमा सूर्यदेवको पूजा गर्ने दिनका रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार यस दिन श्रद्धापूर्वक सूर्यदेवको उपासना गर्दा मान–सम्मान, प्रतिष्ठा तथा सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास छ।

CP Hospital Dhangadhi

धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्यदेवलाई अर्घ्य अर्पण गरी पूजा गर्नाले जन्मकुण्डलीमा रहेको सूर्यदोष कम हुने विश्वास गरिन्छ। साथै आत्मविश्वास, नेतृत्व क्षमता र कार्यसफलतामा समेत वृद्धि हुने धार्मिक मान्यता छ।

Attariya Hospital

पूजाका लागि बिहान सबेरै उठी स्नान गरी नजिकको मन्दिरमा दर्शन गर्नुपर्छ। त्यसपछि उदाउँदो सूर्यलाई शुद्ध जल अर्पण गर्दै प्रार्थना गर्नुपर्छ। पूजाका क्रममा सूर्यदेवलाई रातो फूल, रातो चन्दन, गुडहलको फूल, अक्षता (चामल) तथा गुड वा गुडबाट बनेका मिठाई चढाउने परम्परा छ।

nawajiwan

पूजा सम्पन्न भएपछि सूर्यदेवका मन्त्रमध्ये कुनै एक मन्त्र श्रद्धापूर्वक जप गर्नु शुभ मानिन्छ। नियमित रूपमा आइतबार सूर्यदेवको आराधना गर्दा जीवनमा सुख, समृद्धि, सम्मान तथा सकारात्मक फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।