रोनाल्डोको घोषणा– ‘विश्वकप २०२६ मेरो अन्तिम विश्वकप’

Image
Nisarga Hospital

पोर्चुगलका अनुभवी फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी फिफा विश्वकप २०२६ आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। स्पेनविरुद्धको अन्तिम १६ को खेलअघि टेक्ससको आर्लिङटनमा आयोजित पत्रकार सम्मेलनमा ४१ वर्षीय रोनाल्डोले अब विश्वकप यात्राको अन्त्य नजिकिएको बताएका हुन्।

CP Hospital Dhangadhi

सन् २००६ देखि लगातार छैटौं विश्वकप खेलिरहेका रोनाल्डोले यस संस्करणमा उज्वेकिस्तानविरुद्ध गोल गर्दै छ फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडीको कीर्तिमान बनाएका छन्। उनले जारी प्रतियोगितामा तीन गोल गरिसकेका छन्।

Attariya Hospital

‘यो मेरो अन्तिम विश्वकप हो, तर आशा छ, भोलिको खेल नै मेरो अन्तिम खेल हुनेछैन,’ उनले भने। अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने दिन पनि धेरै टाढा नरहेको संकेत गर्दै रोनाल्डोले फुटबलप्रतिको प्रेमकै कारण अझै मैदानमा रहेको बताए।

nawajiwan

युरो २०१६ का विजेता कप्तान रोनाल्डोले विश्वकप नजिते पनि आफ्नो करिअर अधुरो नहुने उल्लेख गरे। उनले स्पेनका युवा स्टार लामिन यामलको खुलेर प्रशंसा गर्दै उनलाई उज्ज्वल भविष्यको खेलाडी बताए, तर स्पेनलाई व्यक्तिगत खेलाडीभन्दा समग्रमा बलियो टोलीका रूपमा हेर्ने धारणा व्यक्त गरे।