सुदूरपश्चिम सरकारमा संकट : मुख्यमन्त्री शाहद्वारा एमालेका मन्त्री बर्खास्त

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल स्पष्ट निर्णय गर्न उनले एमालेलाई आग्रह गरेका थिए। त्यसपछि एमाले आन्तरिक छलफलमा जुटेको थियो भने मुख्यमन्त्री शाह पनि वैकल्पिक राजनीतिक समीकरणबारे परामर्शमा थिए।

CP Hospital Dhangadhi

एमालेले सरकारलाई निरन्तरता नदिने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय लिएका हुन्।

Attariya Hospital

कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर लामो समयदेखि विवाद चुलिएको थियो। एमालेले बजेटमा खर्च कटौतीको प्रस्ताव अघि सारेको थियो भने मुख्यमन्त्री शाहले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर एमाले आफ्नो अडानबाट पछि नहटेपछि सत्ता गठबन्धनभित्रको मतभेद झन् गहिरिएको थियो।

nawajiwan

असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक दबाबबीच उत्पन्न राजनीतिक विवादले सुदूरपश्चिम सरकार थप संकटमा परेको छ।

# ट्रेण्डिङ