
बैतडीः बैतडीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका–४ नुवाकोट, तडीबटाकी ३० वर्षीया भागरथी सार्कीको शुक्रबार भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सार्की घर नजिकै रहेको ‘बीरापौड’ भीरमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा अचानक भीरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक विवरणअनुसार दुर्घटनाका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सार्कीका दुई छोरा रहेको बताइएको छ। घटनाले परिवारमा शोक छाएको छ।
































