बैतडीमा घाँस काट्ने क्रममा भीरबाट खसेर ३० वर्षीया महिलाको ज्यान गयो

Image
Nisarga Hospital

बैतडीः बैतडीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। डिलाशैनी गाउँपालिका–४ नुवाकोट, तडीबटाकी ३० वर्षीया भागरथी सार्कीको शुक्रबार भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार सार्की घर नजिकै रहेको ‘बीरापौड’ भीरमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा अचानक भीरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक विवरणअनुसार दुर्घटनाका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सार्कीका दुई छोरा रहेको बताइएको छ। घटनाले परिवारमा शोक छाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur