१३औँ छुकछुके रोबोट कार्यशाला सैनीक आवासीय महाविद्यालय तेघरीमा उत्साहका साथ जारी

Image
Nisarga Hospital

तेघरी: सैनीक आवासीय महाविद्यालय, तेघरीमा सञ्चालन भइरहेको १३औँ छुकछुके रोबोट कार्यशाला विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सक्रिय सहभागितासहित उत्साहजनक रूपमा अगाडि बढिरहेको छ। भदौ ४ गतेदेखि सुरु भएको कार्यशाला भदौ ८ गते भव्य समापन समारोह तथा रोबोट फुटबल प्रदर्शनीसहित सम्पन्न हुने कार्यक्रम रहेको छ।

CP Hospital Dhangadhi

विद्यालयका शिक्षक र विद्यार्थीहरू हातेमालो गर्दै रोबोट निर्माण, समस्या समाधान तथा नवप्रवर्तनका विभिन्न चरणहरूमा सहभागी भइरहेका छन्। कार्यशालाको मुख्य उद्देश्य डिजाइनिङ, मेकानिकल एसेम्बली, इलेक्ट्रोनिक इन्टिग्रेसन तथा सफ्टवेयर कन्ट्रोल सम्बन्धी ज्ञानलाई व्यवहारिक अभ्यासमार्फत सिकाउनु रहेको छ।

यस कार्यक्रमको व्यवस्थापन सैनिक विद्यालयका प्रमुख व्यवस्थापक लेफ्टिनेन्ट कर्नेल खिलबहादुर रानाको समन्वयमा भइरहेको छ। श्री राना आफ्नो ऊर्जाशील नेतृत्व र सकारात्मक सोचका लागि परिचित हुनुहुन्छ। कार्यशालाभर उहाँले विद्यार्थी तथा शिक्षकहरूमा उत्साह, आत्मविश्वास र सकारात्मक ऊर्जा प्रवाह गर्दै सिकाइको वातावरणलाई अझ प्रेरणादायी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विद्यालयका प्रधानाध्यापक श्री सिद्धेश्वर पन्तले यस्ता प्रयोगात्मक कार्यक्रमहरूले विद्यार्थीहरूलाई भविष्यको प्रविधिमैत्री संसारका लागि तयार पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार विद्यालयले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप विकासलाई पनि उच्च प्राथमिकता दिएको छ।

कार्यशालाका प्रमुख प्रशिक्षक श्री शेखर साउद हुनुहुन्छ, जो गोदावरी आविष्कार केन्द्र (Godawari Aawiskar Kendra – GiC) का सुदुरपश्चिमकै उत्कृस्ट GenZ STEAM Trainer का रूपमा परिचित हुनुहुन्छ। उहाँले विद्यार्थीहरूलाई रोबोटिक्स, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रेरित गर्दै वास्तविक उत्पादन प्रक्रियाको अनुभव प्रदान गरिरहनुभएको छ।

यस कार्यशालाको केन्द्रमा रहेको “छुकछुके रोबोट” विश्वकै पहिलो घरेलु स्तरमै निर्माण गर्न सकिने हिँड्ने रोबोट हो, जसले फुटबल खेल्न समेत सक्छ। यसले रोबोटिक्स शिक्षालाई सरल, रमाइलो र व्यवहारिक बनाएको छ। “के तपाईंले फुटबल खेल्ने हिँड्ने रोबोट कहिल्यै देख्नुभएको छ?” भन्ने रोचक अवधारणाले विद्यार्थीहरू मात्र होइन अभिभावक र समुदायको समेत ध्यान आकर्षित गरेको छ।

समापन दिन भदौ ८ गते विद्यार्थीहरूले आफैँ निर्माण गरेका छुकछुके रोबोटहरूको प्रदर्शन तथा रोबोट फुटबलको भव्य प्रदर्शनी आयोजना गरिनेछ। विद्यालय परिवारले सम्पूर्ण अभिभावक, शुभेच्छुक तथा प्रविधिप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र मेहनतको प्रत्यक्ष अवलोकन गर्न हार्दिक निमन्त्रणा गरेको छ।

“सिकाइलाई गतिविधिसँग जोडौँ, सिर्जना र उद्यमद्वारा अघि बढौँ” भन्ने नारालाई आत्मसात् गर्दै सञ्चालन भइरहेको यो कार्यशाला युवा पुस्तामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (STEAM) शिक्षाप्रति रुचि बढाउने महत्वपूर्ण अभियानका रूपमा स्थापित हुँदै गएको छ।

Dhnagadhi & Krishanapur