आज गाईजात्रा : दिवंगत आफन्तको सम्झनादेखि सामाजिक विकृतिमाथि व्यङ्ग्यसम्म

Image
Nisarga Hospital

दिवंगत आफन्तको सम्झना, धार्मिक आस्था र सामाजिक व्यङ्ग्यसँग जोडिएको परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्वमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ।

CP Hospital Dhangadhi

परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा द्रव्य दान गर्ने गर्छन्। गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने धार्मिक विश्वाससमेत यस पर्वसँग जोडिएको छ।

ऐतिहासिक कथनअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई सान्त्वना दिन गाईजात्रा सुरु गराएका थिए। रानीको शोक कम नभएपछि जनतालाई आफ्ना दुःख तथा पीडा सार्वजनिक रूपमा प्रस्तुत गर्न र हाँस्य–व्यङ्ग्य गर्न प्रोत्साहित गरिएको मानिन्छ।

nawajiwan
Attariya Hospital

गाईजात्राका क्रममा प्रहसन, नाचगान तथा सामाजिक विकृतिमाथि व्यङ्ग्यात्मक प्रस्तुति गरिन्छ। मृतकको सम्झनामा रामायणका करुण रसका गीतसमेत गाइन्छन्।

काठमाडौंको हनुमानढोका दरबार क्षेत्र हुँदै गाईजात्रा निकाल्ने परम्परा अहिले पनि कायम छ। काठमाडौंसहित बनेपा, धुलिखेल, पनौती, पोखरा, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा लगायत नेवार समुदायको बाहुल्य रहेका शहरमा पर्व विशेष उत्साहका साथ मनाइन्छ। यस वर्ष गाईजात्रा शनिबार परेकाले काठमाडौं उपत्यकामा थप सार्वजनिक बिदा भने परेको छैन।