भोटेकोशी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा निरन्तर

Image
Nisarga Hospital

नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डेटा र एसएमएस सेवा अर्को सूचना नभएसम्म निरन्तरता दिने भएको छ।

CP Hospital Dhangadhi

यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो। उद्धार तथा राहत वितरणलाई सहज बनाउन सेवा थप समयका लागि निरन्तरता दिइएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए।

Attariya Hospital

टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राखिएको जनाएको छ।

nawajiwan

क्षतिग्रस्त संरचनाको मर्मत तथा सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको टेलिकमले जनाएको छ। कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी संरचना पनि यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक मर्मत तथा प्राविधिक काम भइरहेको छ। प्रभावित नागरिकलाई सञ्चार सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले निःशुल्क सेवा निरन्तरता दिइएको टेलिकमले जनाएको छ।