
सिगास, बैतडी:


नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत बैतडीको सिगास गाउँपालिकाका सबै नौ वटै वडाहरूमा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । हिजो असोज ३ गते गाउँपालिकाका सबै वडाहरूमा उत्साहजनक सहभागिताका साथ नयाँ नेतृत्व र क्षेत्रीय प्रतिनिधिहरू चयन गरिएको हो ।
केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार पहिलो दिनमै सम्पन्न अधिवेशनबाट वडा नम्बर १ मा गगन सिंह ढाट, वडा नम्बर २ मा लक्ष्मण सिंह धामी, वडा नम्बर ३ मा राम सिंह बोहरा, वडा नम्बर ४ मा जय सिंह धामी र वडा नम्बर ५ मा जोगा सिंह धामी वडा सभापति निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, वडा नम्बर ६ मा कृष्ण सिंह रोकाया, वडा नम्बर ७ मा गौतम खडाएत, वडा नम्बर ८ मा हेमन्ती बोहरा र वडा नम्बर ९ मा जीवन चन्द सर्वसम्मत रूपमा वडा सभापतिमा चयन हुनुभएको छ ।
सबै वडाहरूमा नयाँ कार्यसमिति चयन भएसँगै सिगास गाउँपालिकामा आगामी असोज ७ गते हुने गाउँपालिका अधिवेशनको तयारी तीव्र पारिएको स्थानीय निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित नेतृत्वलाई पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन् ।































