
नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो। आइतबारको वृद्धिपछि सोमबार सुनको मूल्यमा पुनः गिरावट आएको हो।




यता, चाँदीको मूल्य भने सोमबार प्रतितोला १० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ८०५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै सोमबार सुन र चाँदीको मूल्यमा विपरीत दिशा देखिएको छ। बजारमा सुनको मूल्य घट्दा चाँदी भने सामान्य बढेको हो।


































