आज फूलपाती : नवदुर्गाको सातौँ स्वरूप कालरात्रिको पूजा, बिहान ७:३७ बजे फूलपाती भित्र्याउने शुभ साइत

Image
Nisarga Hospital

बडादशैंको सातौँ दिन आज फूलपाती हर्षोल्लासका साथ मनाइँदै छ। नेपाली हिन्दू संस्कृतिमा विशेष महत्त्व राख्ने फूलपातीका दिन घरघरमा नवदुर्गाको पूजा–आराधना गरी शुभ साइतमा फूलपाती भित्र्याउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ७ बजेर ३७ मिनेटमा फूलपाती भित्र्याउन सकिने शुभ साइत रहेको छ।

CP Hospital Dhangadhi

फूलपातीलाई देवी दुर्गाको शक्ति, समृद्धि र मङ्गलको प्रतीकका रूपमा लिइन्छ। परम्पराअनुसार केरा, बेसार, हलेदो, जयन्ती, बेल, अनार, अशोक, माने–कर्कलो र धानलाई नवपत्रिकाका रूपमा पूजा गर्ने चलन छ। यी वनस्पतिलाई विधिपूर्वक घरको पूजा कोठा वा दशैँघरमा भित्र्याएर दुर्गा भवानीको आराधना गरिन्छ।

यस अवसरमा गोरखाबाट ल्याइएको फूलपातीलाई काठमाडौँस्थित हनुमानढोका दरबारको दसैँघरमा विधिपूर्वक भित्र्याउने परम्परा छ। उक्त अवसरमा नेपाली सेना, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागितामा विशेष समारोह आयोजना गरिन्छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash

नवदुर्गाको सातौँ स्वरूप कालरात्रिको पूजा

नवरात्रको सातौँ दिन आज नवदुर्गाको सातौँ स्वरूप देवी कालरात्रिको पूजा–आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार कालरात्रि देवीको स्वरूप डरलाग्दो देखिए पनि उहाँले भक्तलाई शुभ फल प्रदान गर्नुहुन्छ। उहाँलाई साहस, धैर्य र आत्मविश्वासकी प्रतीकका रूपमा समेत लिइन्छ।

कालो वर्ण, तीन नेत्र र चार हात भएकी देवी कालरात्रिको वाहन गधा हो। उहाँका हातमा तरबार, मसाल तथा वरमुद्रा र अभयमुद्रा रहेको धार्मिक ग्रन्थमा उल्लेख छ। कालरात्रिको पूजा गर्नाले भय, सङ्कट र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। यस दिन देवीलाई सख्खर चढाउने परम्परा पनि रहेको छ।

आज कालरात्रिको पूजासँगै विद्या तथा सङ्गीतकी देवी सरस्वतीको पनि आराधना गरिन्छ। विधिपूर्वक दीप, कलश र गणेशको पूजा गरेपछि देवी कालरात्रिको पूजा गर्ने परम्परा छ। भक्तजनले नैवेद्य, फलफूल तथा अन्य पूजासामग्री अर्पण गरी देवीको स्तुति र मन्त्र पाठ गर्छन्।

शक्ति, समृद्धि र सांस्कृतिक एकताको पर्व

फूलपाती केवल पूजासामग्री भित्र्याउने परम्परा मात्र होइन, प्रकृति, शक्ति, समृद्धि र पारिवारिक एकताको प्रतीक पनि हो। यसले नेपाली मौलिक संस्कृति, धार्मिक आस्था र पुस्तौँदेखि चल्दै आएको परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

बडादशैंको यस विशेष दिनमा देवी दुर्गाको आराधना गर्दै सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गरिन्छ। धार्मिक विश्वासअनुसार कालरात्रिको स्मरण र पूजाले भक्तजनमा आत्मबल तथा कठिन परिस्थितिको सामना गर्ने साहस प्राप्त हुन्छ।

Dhnagadhi & Krishanapur