सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा २ लाख ८३ हजार २०० रुपैयाँ पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले उकालो लागेको छ।

CP Hospital Dhangadhi

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुनको मूल्यमा ९०० रुपैयाँको वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुनचाँदीको मूल्यमा आएको यो वृद्धिसँगै बजारमा सुन खरिद गर्ने उपभोक्ताले अघिल्लो दिनको तुलनामा बढी रकम खर्च गर्नुपर्ने भएको छ। सुनचाँदीको मूल्यमा हुने दैनिक उतारचढावले गहना खरिद तथा बिक्री गर्ने उपभोक्ता र व्यवसायी दुवैलाई प्रभाव पार्ने गर्छ।

Dhnagadhi & Krishanapur