चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ। मौसममा आएको बदलीसँगै विभिन्न प्रदेशमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका सबै प्रदेशमा मौसम बदली रहनेछ। विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।

आज रातिसमेत देशभर मौसम बदली रहने पूर्वानुमान छ। रातिको समयमा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्नेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मौसममा आएको परिवर्तनलाई मध्यनजर गर्दै महाशाखाले कृषकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न तथा मौसम अनुकूल भएपछि मात्र काम गर्न अनुरोध गरिएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ। मौसम प्रतिकूल रहेका बेला पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रमा भ्रमण नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।

खराब मौसमका कारण तापक्रम घटेर चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडक किनारमा पहिरो खस्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ। यसबाट दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा सम्बन्धित निकायलाई पूर्वतयारीमा रहन आग्रह गरिएको छ।
यद्यपि, मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘अर्नब’को प्रभाव भोलि अपराह्नदेखि क्रमशः कमजोर हुँदै जानेछ। त्यसपछि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur