
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेल ५–५ ओभरमा खेलाइने भएको छ। लगातारको वर्षाका कारण प्रभावित बनेको खेल मैदानबाट कभर हटाएर सञ्चालन गर्न लागिएको हो।

वर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि आयोजकले खेलको ओभर घटाएर सञ्चालन गर्ने निर्णय गरेको हो। नयाँ खेल तालिकाअनुसार साँझ ७:२५ बजे टस हुनेछ भने ७:४१ बजे पहिलो बल फ्याँकिनेछ।
दुवै टोलीले अब पाँच–पाँच ओभर मात्र ब्याटिङ गर्ने अवसर पाउनेछन्। छोटो प्रारूपमा खेलाइने यस प्रतिस्पर्धामा प्रत्येक बल र रनको महत्त्व अझ बढ्ने देखिन्छ।




त्यस्तै, दुवै इनिङ्सबीच १० मिनेटको विश्राम राखिएको छ। वर्षाका कारण खेल प्रभावित भए पनि मैदानको अवस्था अनुकूल बनेसँगै खेल सञ्चालनको तयारी गरिएको हो।
पाँच ओभरको रोमाञ्चक प्रतिस्पर्धामा दुवै टोली जितका लागि मैदान उत्रिनेछन्। अब छोटो खेलमा कुन टोलीले बाजी मार्ला भन्ने क्रिकेटप्रेमीको चासो बढेको छ।



































