सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदी भने ४५ रुपैयाँले घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला ४५ रुपैयाँले घटेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो। यससँगै एकैदिन सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ।

Dhnagadhi & Krishanapur