गृहमन्त्री सुधन गुरुङले लगाए नवनियुक्त आईजीपी मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न

Image
Nisarga Hospital

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको फूली लगाइदिएका हुन्।

CP Hospital Dhangadhi

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर केसीलाई नयाँ प्रहरी प्रमुख बनाएको हो। कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

नेपाल प्रहरीको इतिहासमा गृहमन्त्रीबाट आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको यो पहिलो घटना भने होइन। यसअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रहरी प्रमुख ध्रुवबहादुर प्रधानलाई फूली लगाइदिएका थिए। त्यसपछि नवनियुक्त आईजीपीलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा स्थापित भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि अवकाशमा जान लागेका आईजीपीले नयाँ प्रहरी प्रमुखलाई फूली लगाइदिने चलन थियो। प्रधानको नियुक्तिका बेला उक्त परम्परा तोडिएपछि गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्दै आएका थिए।

गृहमन्त्री गुरुङले यसअघि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले नै फूली लगाउने व्यवस्था गर्न पहल गर्ने बताएका थिए। तर, यसपटक उनले स्वयं दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

Dhnagadhi & Krishanapur