
अत्तरिया । कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघले नयाँ कार्यसमितिलाई पूर्णता दिने क्रममा विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू मनोनित गरेको छ । संघको विधानअनुसार नयाँ कार्यसमितिले तीन जना सदस्य, सल्लाहकार सदस्यका साथै अन्य विभिन्न सल्लाहकारहरु मनोनित गरेको हो ।
समितिको सदस्यमा मनोनित हुनेमा न्यू पवित्रा फेन्सी पसलकी सञ्चालिका पवित्रा बटाला, लिङकेकोट निर्माण सेवा एण्ड सप्लायर्सका सञ्चालक शेरबहादुर शाही र अमृत बंगुर फर्मका सञ्चालक अमृत बम रहेका छन् । संघका अध्यक्ष कमल कडायतका अनुसार शाही र बमलाई नयाँ निर्वाचित कार्यसमितिको दोस्रो बैठकले तथा बटालालाई सातौँ बैठकले सदस्यमा मनोनित गरेको हो ।
समितिको दोस्रो बैठकले सल्लाहकार समितिको संयोजकमा दलबहादुर खड्कालाई मनोनित गरेको थियो । सातौँ बैठकले सल्लाहकार समितिलाई पूर्णता दिँदै १४ जना सदस्य मनोनित गरेको छ । मनोनित हुनेमा धुर्वराज भट्टराई, कविराज भट्ट, फागुराम चौधरी, लिला बास्कोटा, छत्र भट्ट, सोनीकुमारी भण्डारी, कुन्ति पाण्डेय, डिल्लीराज जोशी, प्रकाश पाठक, भक्तबहादुर बोहरा, महेश्वर बास्कोटा, नरेश नेपाली, भरत साउँद र बालकृष्ण ओझा रहेका छन् ।
प्रेस तथा कानुनी सल्लाहकार पनि मनोनित
संघको बुधबार बसेको सातौँ बैठकले प्रेस तथा कानुनी सल्लाहकारसमेत मनोनित गरेको छ । बैठकले अत्तरिया खबर दैनिकका प्रकाशक तथा सम्पादक राजकुमार साउँदलाई प्रेस सल्लाहकार र अधिवक्ता गणेशबहादुर कडायतलाई कानुनी सल्लाहकारमा मनोनित गरेको हो ।
अध्यक्ष कडायतले संघको विधान र आवश्यकताअनुसार विभिन्न क्षेत्रका व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको बताए ।



































