स्वास्थ्यमा जटिलता देखिएपछि सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

Image
Nisarga Hospital

बाजुरामा सुत्केरी भएपछि स्वास्थ्यमा जटिल समस्या देखिएकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय र पहलमा त्रिवेणी नगरपालिका–७ की २४ वर्षीया जलुकुमारी भण्डारीको बिहीबार बिहान हवाई उद्धार गरिएको हो।

जिल्ला अस्पताल बाजुरामा सुत्केरी भएकी भण्डारीको स्वास्थ्यमा जटिलता देखिएपछि महिला मन्त्रालयसँगको समन्वयमा थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको स्वास्थ्यमा समस्या देखिएकाले बिहान ९ः४५ बजे हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।

Dhnagadhi & Krishanapur