बाजुराबाट नवजात शिशुसहित सुत्केरीको हेलिकप्टरमार्फत हवाई उद्धार

Image
Nisarga Hospital

बाजुराको पूर्वी उत्तरी क्षेत्र बुढीनन्दा नगरपालिका–१ स्थित कोल्टी आधारभूत अस्पतालबाट नवजात शिशुसहित एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ।

CP Hospital Dhangadhi

मुगुको खत्याड गाउँपालिका–९ निवासी २० वर्षीया देवकी खड्काले आइतबार बिहान कोल्टी आधारभूत अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। जन्मिएलगत्तै नवजात शिशुमा श्वासप्रश्वाससम्बन्धी जटिल समस्या देखिएपछि थप उपचारका लागि अन्यत्र लैजानुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ।

शिशुको स्वास्थ्य अवस्था जटिल बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत आमा र शिशु दुवैको उद्धार गरिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनीहरूको उद्धार गरिएको हो।

Dhnagadhi & Krishanapur