बाजुरामा विषालु जंगली घाँस खाँदा २३ भेडा मरे, दर्जनौँ बिरामी

Image
Nisarga Hospital

बाजुरा : बाजुराको पूर्वोत्तर क्षेत्रस्थित जगन्नाथ गाउँपालिकामा विषालु जंगली घाँस खाँदा २३ वटा भेडा मरेका छन् भने दर्जनौँ बिरामी परेका छन्।

CP Hospital Dhangadhi

जगन्नाथ गाउँपालिका–६ तल्लो काप्रीका दुई किसानका भेडा मरेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगन सिंह भाटका अनुसार मनजन विष्टका ११ र अलि विष्टका १२ गरी २३ वटा भेडा गोठमै मरेका छन्।

शनिबार दिउँसो गाउँनजिकैको जंगलमा चराएर गोठमा ल्याइएका भेडा एकाएक बिरामी भएर मर्न थालेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुरुमा अलि विष्टका ३८ र मनजन विष्टका २१ गरी ५९ वटा भेडा बिरामी परेको जानकारी आएपछि गाउँपालिकाको पशु शाखासँग समन्वय गरी प्राविधिक टोलीसमेत परिचालन गरिएको थियो।

गाउँपालिकाको पशु शाखा प्रमुख नरबहादुर बुढाका अनुसार प्राविधिक टोलीले गरेको जाँचमा भेडाले जंगलमा विषालु घाँस खाएका कारण विष लागेर मृत्यु भएको पाइएको छ। बिरामी भेडाको उपचार भइरहेको उनले बताए।

भेडामा पेट सुन्निने र मुखबाट र्‍याल निकाल्ने लक्षण देखिएको किसानहरूले बताएका छन्। एकैपटक ठूलो संख्यामा भेडा बिरामी भएर मर्न थालेपछि भेडापालक किसान चिन्तित बनेका छन्।

Dhnagadhi & Krishanapur