नेपाल संवत् ११४७ आजदेखि सुरु, नेवार समुदायले नयाँ वर्षसँगै म्हः पूजा गर्दै

Image
Nisarga Hospital

नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले यस दिनलाई नयाँ वर्षका रूपमा मनाउनुका साथै आफ्नो शरीर तथा आत्माको पूजा अर्थात् म्हः पूजा गर्ने परम्परा पनि निर्वाह गर्दैछन्।

CP Hospital Dhangadhi

नेपालको मौलिक संवत्का रूपमा रहेको नेपाल संवत् राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराएर सुरु गराएको ऐतिहासिक मान्यता छ। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्का रूपमा प्रचलनमा रहेको इतिहासमा उल्लेख छ।

गरिब जनताको ऋणमोचन गराउनुका साथै मौलिक संवत् सञ्चालनमा पुर्‍याएको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ सालमा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यसैगरी, २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ उपत्यकासहित भक्तपुर, ललितपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका क्षेत्रमा विशेष उत्साहका साथ मनाउने गरिन्छ। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली तथा शुभकामना आदानप्रदानका कार्यक्रमसमेत आयोजना हुन्छन्।

यसैबीच, नयाँ वर्षको अवसरमा नेवार समुदायले म्हः पूजा पनि गर्दैछन्। धार्मिक मान्यताअनुसार मानिसको आत्मा सबैभन्दा महत्वपूर्ण भएकाले आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न म्हः पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। आत्मा प्रसन्न भए देवीदेवताको आशीर्वाद प्राप्त हुने र मानव जीवन सार्थक बन्ने धार्मिक विश्वास छ।

यस वर्ष प्रतिपदा तिथि सोमबार र मंगलबार दुई दिन परेकाले नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजा मनाउने दिनमा स्थानअनुसार केही भिन्नता देखिएको छ। केही स्थानमा सोमबार नै नयाँ वर्ष मनाइएको छ भने केही नेवार समुदायले आज म्हः पूजा गर्दैछन्।

Dhnagadhi & Krishanapur