सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

गजल

CP Hospital Dhangadhi

आफ्नो मन सफागर मन्दिर आफू भित्रै छ,
प्रतिभा रहिस हो वा फकिर आफू भित्रै छ।

अरूलाई मैलो भन्नेले आफ्नै मन गर सफा,
मानवता गरिब हौँ वा अमिर आफू भित्रै छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कसैलाई भन्नु पनि के काम समश्य आफ्नै,
सुख्ख दुःख आफ्नो हो पिर आफू भित्रै छ।

मैले हतियार लिएर घुम्दैन त्यही कारण हो,
कण्ठ बिषले भरिएको तिर आफू भित्रै छ।

अरूलाई सुधार्न कम्मर कसेकाहरूले बुझौँ,
बुझ्नै नसक्ने कमि आखिर आफू भित्रै छ।

॥१॥

गजल

मानिसहरूको बिभिन्न खाले संसार देखिन्छन्,
रून्छन् कयौँ विदेशमा कसैको तिहार देखिन्छन्।

कसैलाई मिठा भोजन र भित्रिए विदेशी मदिरा,
कयौँको पसिना रगतले चलेको बजार देखिन्छ।

ज्यान फालेर पाले उनै वृद्धाहरू हुन्छन् हेलारी,
जसले लुटेको हुन्छन् उनै साहुकार देखिन्छन्।

कुनै भेटिन्न गतिलो अर्काको लागी जीउने यहाँ,
नबीक्ने के छ?राजनीतिमै नि व्यपार देखिन्छन्।

विदेश नजाउँ भने त जल्दैन चुलो गरिबहरूको,
कसरी जीवन धान्ने आफै पनि लाचार देखिन्छन्।

सपना बोकेर लागेका हजारौँ क्रान्तिका लागी
ज-जसलाई अगुवा बनाए उनै गद्दार देखिन्छन्।

जो आमूलपरिवर्तनका नारा लगायो सडकमा,
उपचार गर्न तम्सिएका आफै बिमार देखिन्छन्।

॥२॥

गजल
अश्लील नाज गान गर्दै तिहार मनाउँछन्,
तिहार होइन लाजको संसार मनाउँछन्।

सडकमा लुगा छोडाएका अनुहार छाडा,
धनमा मताएका कुनै साहुकार मनाउँछन्।

संदेश के जान्छ थाहा छैन धनले नङ्गायो,
आफ्नै छातिमा चलाई तरवार मनाउँछन्।

छिया-छिया बनायो यो सान्त समाजलाई,
खण्डित गराउने चलाई हतियार मनाउँछन्।

छाडा भयो मानव समाज पैसाको अगाडी,
पर्व स्वाभिमान बनाई तार-तार मनाउँछन्।

॥४॥

अश्लील नाज गान गर्दै तिहार मनाउँछन्,
तिहार होइन लाजको संसार मनाउँछन्।

सडकमा लुगा छोडाएका अनुहार छाडा,
धनमा मताएका कुनै साहुकार मनाउँछन्।

संदेश के जान्छ थाहा छैन धनले नङ्गायो,
आफ्नै छातिमा चलाई तरवार मनाउँछन्।

छिया-छिया बनायो यो सान्त समाजलाई,
खण्डित गराउने चलाई हतियार मनाउँछन्।

छाडा भयो मानव समाज पैसाको अगाडी,
पर्व स्वाभिमान बनाई तार-तार मनाउँछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur