
धनगढीमा छठ पर्वको अवसरमा आयोजित छठ पूजा २०८३ कार्यक्रम उद्घाटन सम्पन्न भएको छ । धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न धार्मिक, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

कार्यक्रममा श्री १००८ महाराज देवराज आचार्य, छठ पूजा समितिका अध्यक्ष सन्तोष मण्डल सभाध्यक्ष, प्रमुख अतिथि मा समाजसेवी, धार्मिक अभियन्ता एवं निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्तको उपस्थिति रहेको छ।
त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, निसर्ग अस्पतालका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी, बेहडाबाबा मन्दिर समितिका अध्यक्ष खेम चन्द , उपाध्यक्ष नरेन्द्र शाह नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रावण देउवा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू लगायत हजारौं श्रद्धालुको सहभागिता रहेको थियो ।
छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै आयोजित कार्यक्रमले सामाजिक सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्य राखिएको छ ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।





























