कावासोतीमा धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २५ यात्रु घाइते

Image
Nisarga Hospital

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। सोमबार बिहान कावासोती नगरपालिका–११ स्थित लोकाहामा धनगढीबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सडकमा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा घाइते यात्रुको उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था मध्यम रहेको छ। दुर्घटनामा परेको बस घटनास्थलमै रहेको छ।

बस दुर्घटना हुनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। घाइते यात्रुको विस्तृत विवरण तथा उनीहरूको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको छ।