लगातार ओरालो लाग्दै सुनको मूल्य, एकैदिन तोलामा १ हजार ९ सय रुपैयाँले घट्यो

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम थियो।
पछिल्लो समय सुनको मूल्य निरन्तर घट्ने क्रममा रहेको छ। तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता १७ हजार १ सय रुपैयाँले घटिसकेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्यमा लगातार आएको गिरावटले बजारमा खरिदकर्ताको चासो बढ्न सक्ने देखिएको छ।

CP Hospital Dhangadhi