१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बझाङका २८ खेलाडी छनोट, जिल्लाको खेलकुद क्षेत्रमा उत्साह

Image
Nisarga Hospital

रमेश बहादुर सिंह /बझाङः बझाङ जिल्लाका २८ जना खेलाडी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन्। जिल्लाका विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा स्थान बनाउन सफल भएपछि बझाङको खेलकुद क्षेत्रमा उत्साह थपिएको बझाङ जिल्ला खेलकुद समिति अध्यक्ष कलम सिंह ले बताए।

CP Hospital Dhangadhi

राष्ट्रिय प्रतियोगिताका लागि भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, खो–खो, बास्केटबल, फुल कन्ट्याक्ट कराते, उसु, तेक्वान्दो र पौडी विधाबाट खेलाडीहरू छनोट भएका हुन्।

छनोट हुने खेलाडीहरूमा भलिबलतर्फ पुरुषमा सुरेश मल्ल तथा महिलातर्फ कौशिला भण्डारी र बिपना महार रहेकि छन्। फुटबलतर्फ पुरुषमा सोमात चन्द्र बोहरा र महिलामा बिबिका हमाल छनोट भएका छन्। त्यसैगरी क्रिकेटतर्फ पुरुषमा अशोक धामी र महिलामा अनु कडायतले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएका छन्।

एथलेटिक्सतर्फ रितु जोशी, बिपना धामी, शर्मिला ओखेडा र झरना कठायत छनोट भएका छन्। खो–खोतर्फ पुरुषमा सुरेन्द्र ओखेडा र कमल धामी तथा महिलामा महेश्वरी जोशी छनोट भएका छन्। बास्केटबलतर्फ चिरञ्जीवी रोकाया र अर्बिन रेग्मी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।

त्यस्तै, फुल कन्ट्याक्ट करातेतर्फ किरण बोहरा (५० केजी), वीरेन्द्र बिष्ट (५५ केजी), हेमन्त बोहरा (६५ केजी), रुद्र बिष्ट (७० केजी), कुलचन्द्र बिष्ट (खुल्ला तौल) र जगत रोकाया (एकल काता) छनोट भएका छन्। महिलातर्फ गीता बोहरा (६० केजी) र गंगा बोहरा (एकल काता) राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन्।
उसुतर्फ भुपिन कुँवर र अनिल भाट, तेक्वान्दोतर्फ प्रशान्त सिंह तथा पौडीतर्फ अथर्व सिंह छनोट भएका छन्।

विभिन्न खेल विधाबाट राष्ट्रिय प्रतियोगितामा छनोट हुन सफल खेलाडीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बझाङ जिल्लाको पहिचान र प्रतिष्ठा राष्ट्रियस्तरमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

बझाङ जिल्लाको गौरवका रूपमा रहेका सम्पूर्ण छनोट भएका खेलाडीहरूलाई हार्दिक बधाई तथा प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गरिएको छ। खेलाडीहरूको मेहनत, लगनशीलता र निरन्तर अभ्यासले जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।