
राशिफल ११ मंसिर २०८३ शुक्रवार

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयको तालमेल नमिल्दा योजनाहरू समयमा सम्पादन नहोला। अवसरवादीहरूबाट सावधान रहनुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सानो प्रयासले पनि लक्ष्य सम्म सजिलै पुग्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
भौतिक संसाधन जुटाउन सक्नुहुन्छ। दिगो लाभ हुने कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग पाइएला। नयाँ सम्पर्क बाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
कानुन विपरीत कार्य नगर्नुहोला। राजकीय वा सामाजिक क्षेत्रबाट लाभ मिल्नेछ। आफन्तहरूको प्रिय समाचारले मन प्रसन्न रहनेछ। मेहनतले नयाँ अवसर दिलाउने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार व्यवसायमा बुद्धिको उपयोगले कार्यसिद्ध गर्न सकिनेछ। चिताएको कार्यसम्पादन हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। बच्चाहरुको स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। फिजुलखर्ची बढ्नेछ। आफन्तहरू मध्य रमाइलो समय बित्नेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ६ रहेको छ।
कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा समयमा समाप्त गर्ने प्रयत्न गर्नुहोला। दिगो फाइदा हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। शैक्षिक क्षेत्रमा सम्मान बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। पायक पर्ने ठाउँको भ्रमणले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सरकारी नोकरीमा पद प्रतिष्ठा बढ्नेछ। व्यापारमा छोटो समयमा राम्रो लाभ मिल्नेछ। आत्मीयताले मनमा खुसी र सन्तोष बढाउनेछ। चिकित्सा वा वकालत सम्बन्धी पढाइ पढ्नेहरूलाई समय अनुकूल रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आलस्य गर्दा बनेको काममा बाधा आउनेछ। पारिवारिक सहयोग नमिल्नाले मन अशान्त रहनेछ। व्यापार व्यवसाय वा कार्यक्षेत्रमा सीमित बोलीले कामगर्दा हजुरको लागि राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साझेदारी व्यापारबाट मनग्य लाभ मिल्नेछ। जीवन साथीको स्वास्थ्यमा सुधार आउनेछ। प्राथमिकताको आधारमा काम गर्दा उत्तम हुनेछ। नोकरी वा पेशामा श्रम अलि धेरै रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कसैप्रति गरेको ख्याल ठट्टाले विवाद जन्माउन सक्छ। कार्यक्षेत्रमा गम्भीर र तटस्थ भएर काम गर्नुहोला। व्यापार व्यवसायमा अग्रिम रोकिएका योजनाहरू सम्पादन हुनेछन्। भौतिक सुख सुविधामा कमी आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
समाजमा मान प्रतिष्ठा बढ्नेछ। सन्तान पक्षलाई लिएर चलिरहेको चिन्ताबाट मुक्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रेमीहरूले आफ्नो प्रेम प्रकट गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।
हाम्रो पात्रो बाट
























