सुनको मूल्यमा एकैदिन ३ हजार ३०० रुपैयाँको वृद्धि, तोलाको २ लाख ४६ हजार १०० पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः उल्लेख्य वृद्धि भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा एकैदिन ३ हजार ३०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्यसमेत बढेको छ।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकैदिन सुनको मूल्यमा ३ हजार ३०० रुपैयाँको वृद्धि भएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ३ हजार ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर ३ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

साताको अन्तिम कारोबार दिन सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएपछि बजारमा यसको प्रभाव पर्ने देखिएको छ। पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।