डोटीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, छोरा पक्राउ

Image
Nisarga Hospital

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा छोराले दाउराले टाउकोमा प्रहार गर्दा बुवाको मृत्यु भएको छ।

CP Hospital Dhangadhi

हिजो शुक्रबार बिहान करिब ११ बजेतिर बोगटान फुड्सिल गाउँपालिका–६, गगुडा (डोलागडा) निवासी ५० वर्षीय रणबहादुर चन्दलाई घरायसी विवादका क्रममा आफ्नै २३ वर्षीय छोरा विकासबहादुर चन्दले दाउराले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते चन्दलाई उनकी श्रीमतीले उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुर्‍याएकी थिइन्। अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएपछि डडेल्धुरा लैजाने क्रममा साँझ करिब ५:३० बजे उनको मृत्यु भएको थियो। अनुसन्धानको क्रममा आज शनिबार मात्रै घटनाको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले जानकारी दिए ।

मृतकको डडेल्धुरा अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि शव उनकी श्रीमतीले बुझिसकेकी छन्।
घटनामा संलग्न रहेको आरोपमा छोरा विकासबहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी नायब उपरीक्षक चन्दसहितको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईसकिएको जनाइएको छ ।