नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्षमा श्याम पाठक निर्वाचित

Image
Nisarga Hospital

धनगढी: नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा श्याम पाठक निर्वाचित भएका छन । सनिवार धनगढीको इमेज होटेलमा सम्पन्न प्रदेशको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनबाट पाठक सर्वसम्मत निर्वाचित भएका हुन ।

निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका पाठक लामो समयदेखि पुस्तक तथा स्टेशनरी व्यवसायमा सकृय रहेका छन् । त्यस्तै महासंघको प्रथम उपाध्यक्षमा संजयकान्त मिश्रा, द्वितीय उपाध्यक्षमा जयराज जोशी, सचीवमा निलमराज जोशी, कोषाध्यक्षमा जनकराज भट्टराई, सह-सचिवमा डिल्लिराज ओझा समर्पण र सह कोषाध्यक्षमा गौरब बोहरा निर्वाचित भएका छन । हरि प्रसाद भट्ट र नबराज भण्डारी सदस्यमा निर्विरोधनिर्वाचित भएका छन भने बाँकी सदस्यलाई प्रदेश कमिटीले मनोनीत गर्नेछ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष मेखराज दहालको सभापतित्वमा भएको तेस्रो प्रवेश अधिवेशनमा प्रमुख अतिथिमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष संजय कुमार चौधरी रहेका थिए । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष,सचीव र केन्द्रिय सदस्य लगायत सुदूरपश्चिम प्रदेश भरीका पुस्तक व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

nawajiwan